+
+

पर्यटनलाई निजी क्षेत्रले नेतृत्व गर्नुपर्छ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १९:२५

१९ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई अगाडि बढाएर देशको पर्यटन क्षेत्र विकास गर्न सकिने बताएका छन् ।

‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ विषयक नारासहित कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा बुद्ध रङ्‍गशाला वाणगंगामा सुरु १५औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पाण्डेले निजी क्षेत्रको अगुवाइविना पर्यटन विकास असम्भव रहेको बताए । निजी क्षेत्रसहित विदेशी र गैरआवासीय नेपालीको लगानी आवश्यक रहेको उनको भनाइ छ ।

लुम्बिनी विश्व शान्तिको केन्द्र भएको भन्दै उनले कपिलवस्तुका नागरिकले पर्यटकलाई गर्ने व्यवहार र स्वागत सत्कारमा बुद्ध शैली अवलम्बन तथा बुद्धत्व झल्कनुपर्ने बताए ।

तिलौराकोट छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको समेत उनले बताए । मन्त्री पाण्डेले यसबाट कपिलवस्तु सहित बुद्धस्थलको विकास अगाडि बढ्ने बताए ।

कपिलवस्तु बाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा आजदेखि महोत्सव सुरु भएको हो । महोत्सव २ पुससम्म चल्ने छ । महोत्सवमा स्थानीय कला, संस्कृति प्रवर्द्धनसँगै कृषि आधुनिकीकरण औजार, कृषि, लघु र साना उद्योगका उत्पादनलाई प्राथमिकता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?