+
+

माओवादी पदाधिकारी बैठकमा पूर्वउपराष्ट्रपति पासाङ पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते ११:१६

२० मंसिर, काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ आमन्त्रित सदस्यको रुपमा सहभागी भएका छन् । उनी पहिले पनि माओवादी केन्द्रको बैठकमा सहभागी भएका थिए ।

आज पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पनि उनी आमन्त्रित सदस्यको रुपमा सहभागी भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

यसलाई पासाङ पुनः राजनीतिमा सक्रिय हुने संकेतको रुपमा हेरिएको छ । बुधबार राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक उपलब्धि उल्ट्याउने षडयन्त्र भए ‘फेरि रातो मान्छे भएर उभिन तयार’ रहेको बताएका थिए ।

‘विगतमा मैले जे जे गरेँ, त्यो भन्दा अर्को उचाइबाट नेतृत्व गर्न सक्छु भन्ने मलाई भित्रैबाट पलाएर आउँछ । त्यो आँट र साहस मसँग छ,’ पुनले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?