+
+

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा कीर्तिपुरबाट थप ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते ११:४४

२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् ।

कीर्तीपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो ।

उनीहरुले स्पोर्ट बाजी, प्रोबो ललगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ । पक्राउ परेकाहरुविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

एनपीएल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?