+

सुदूरपश्चिमले काठमान्डुलाई दियो १६८ रनको लक्ष्य

२०८१ मंसिर  २० गते १४:५५ २०८१ मंसिर २० गते १४:५५
सुदूरपश्चिमले काठमान्डुलाई दियो १६८ रनको लक्ष्य

२० मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग एनफीएलमा काठमान्डु गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्राण्डन म्याकमुलेनको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १६७ रन बनाएको हो  ।

म्याकमुलेनले ३६ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का मदतमा ४३ रन जोडे । ओपनर विनोद भण्डारीले २८ बल खेल्दै समान २ चौका र छक्का मदतमा ३५ रन बनाए ।

काठमान्डुका रासिद खानले २ विकेट लिए ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय