+
+

चीनबाट फर्किए प्रधानमन्त्री (तस्वीरहरू)

उनलाई विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले स्वागत गरे । प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले विमानस्थलमा गार्ड अफ अनर प्रदान गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १५:१८

२० मंसिर, काठमाडौं । चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । गत १७ मंसिरमा चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली आज भ्रमण सकाएर फर्किएका हुन् ।

उनलाई विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले स्वागत गरे । प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले विमानस्थलमा गार्ड अफ अनर प्रदान गरेको थियो ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

सोही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेसवर्कमा समेत हस्ताक्षर भएको थियो ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?