+
+

छिन्नमस्ताका महिलालाई उन्नत जातका दाल र गहुँको बीउ सहयोग 

सप्तरी छिन्नमस्ता गाउँपालिकाले समूहमा आबद्ध महिलालाई उन्नत जातका खाद्यान्न बीउ सहयोग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १७:१०

२० मंसिर, काठमाडौं । सप्तरी छिन्नमस्ता गाउँपालिकाले समूहमा आबद्ध महिलालाई उन्नत जातका खाद्यान्न बीउ सहयोग गरेको छ ।

गाउँपालिकाले समूहमा आबद्ध भएका महिलालाई दाल र गहुँको उन्नत जातका बीउ निःशुल्क सहयोग गरेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी ‘विवेक’ ले जानकारी दिए ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) को सहकार्यमा २६ समूहमा आबद्ध ६ सय ७९ महिलालाई दाल र १५ समूहका ३ सय ७६ महिलालाई गहुँको बीउ वितरण भएको चौधरीले बताए ।

आर्थिक र सामाजिक रूपमा पछाडि परेका दलिता, एकल र  सीमान्तकृत महिला छनोट गरी माटोको आधारमा बीउ वितरण गरेको  उनले बताए ।

उनका अनुसार गाउँपालिकाले एउटा समूहमा २५ जना राखेर पालिकाभरि ८५ महिला समूह निर्माण गरेर आर्थिक र सामाजिक क्षमता बढाउन विभिन्न कार्यक्रम गरिरहेको छ ।

‘यसअघि हामीले धानको बीउ पनि सहयोग गरेका थियौं । हामीले महिलालाई एकीकृत गरेर नेतृत्व, व्यक्तित्व विकाससँगै आर्थिक विकास होस् भनेर कार्यक्रम गरिरहेका छौं । यसमै एफएओले पनि सहयोग गरेको हो,’ अध्यक्ष चौधरीले भने ।

उनले मधेश क्षेत्रमा महिलालाई आर्थिक र सामाजिक क्षेत्रमा अगाडि बढाउन समूह निर्माण गरेर काम गर्दा प्रभावकारी बनेको बताए ।

‘अहिले गरिएको सहयोगले हाम्रो गाउँपालिकाका महिलालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँदै आर्थिक रूपमा सशक्त बनाउन मद्दत पुग्ने छ,’ चौधरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?