+
+

भुटानका राजा आज काठमाडौं आउँदै, स्वयम्भू र बौद्ध जाने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते ६:३१
तस्वीर : रासस

२१ मंसिर, काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदैछन् । उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आउन लागेका हुन् ।

उनी करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । करिब पाँच घण्टा काठमाडौंमा रहेर उनी फर्किने तालिका छ ।

भुटानका राजा काठमाडौं आउने भएपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । उनी काठमाडौं आउने सूचना पाएपछि बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सलसमेत गरेको थियो ।

भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै स्वयम्भू जाने कार्यक्रम छ । त्यहाँ पूजापाठ गरिसकेपछि उनी बौद्ध जाने छन् । बौद्धको पूजापाठ पछि उनी फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् ।

काठमाडौंबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ । उनको नितान्त निजी भ्रमण भएकाले कसैसँग भेटघाटको कार्यक्रम तय नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?