+
+

जनकपुरको १२ बिघामा सीता र रामको स्वयम्बर (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १५:५२

२१ मंसिर, जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान १२ बिघामा सीता र रामको स्वयम्बर गरिएको छ ।

शुक्रबार सीता र रामको डोला फेर गरेर स्वयम्बर गरिएको हो । अब राम र जानकीको डोलालाई जनकपुर परिक्रमा गराइनेछ । त्यसपछि जानकी मन्दिर पुगेर राति विवाहको कार्यक्रम हुनेछ ।
जनकपुरमा स्वयम्बर हेर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति छ ।

जनकपुरमा साताव्यापी विवाह पञ्चमी चलिरहेको छ । आज बिहानैदेखि सार्वजनिक सवारीसाधनले पनि विवाह महोत्सवमा सहभागी हुनेलाई ओसारिरहेका छन् । महोत्तरीको भिठ्ठामोर, मटिहानी, सम्सी, मनरा, गौशाला, बलवा, भ्रमरपुरा, लोहारपट्टी, सीतापुर र बर्दिबासलगायत क्षेत्रबाट जनकपुर जाने बसमा यात्रु कोचिएर यात्रा गरिरहेका छन् ।

यात्रुको चापलाई मध्यनजर गरी ग्रामीण क्षेत्रमा सार्वजनिक सवारीसाधन थप गरिए पनि अपूग भएको बलवा बजारका शिवनारायण झाले बताए ।

यसपटक प्रत्येक पाँच वर्षको अन्तरालमा भारत उत्तर प्रदेशको अयोेध्याबाट साधुशन्तको जन्ती आएकाले विवाहपञ्चमी महोत्सव थप रौनक बनेको छ ।

तस्वीरहरू : शैलेन्द्र महतो/जनकपुरधाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?