+
+

सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको आरोपमा ३ जना पक्राउ

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १६:५६

२१ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको छ ।

फरक–फरक कसुरमा तीन जनालाई पक्राउ गरेर ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेहरूमा रौतहटको चन्द्रनिगाहापुरका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भन्ने बिहानीबहादुर अधिकारी, चितवनको भरतपुरका ३७ वर्षीय रुपक शर्मा पौडेल र सप्तरीका ४४ वर्षीय लक्ष्मण यादव भनिने जगदीशप्रसाद यादव छन् ।

अधिकारीले फेसबुकमार्फत एक महिलालाई साथी बनाई उनको गोप्य तस्वीर तथा भिडिओहरू आफन्तलाई पठाई चरित्र हत्या गरेको आरोप छ ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोका एसपी भाग्येन्द्र पुरुष ढकालले बताए ।

अर्का प्रतिवादी शर्मा र यादवले पनि अर्की एक महिलाको सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?