+
+

पोखरा र लुम्बिनीमा चीनका प्रमुख शहरबाट सिधा उडानबारे छलफल भएको छ : चन्द्र ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १७:०४

२१ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडान गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेलामा छलफल भएको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकाल प्रधानमन्त्री ओलीको भ्रमण दलका सदस्य पनि थिए । ‘पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि हामीले आग्रह गरेका छौँ,’ उनले भने ।

साथै, उनले प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाहका लागि सफल भएको जिकिर गरे ।

‘भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावनाको क्षेत्र, विद्यामान कानून र निजी क्षेत्रले लिने पहल कदमीका बारेमा चीनका व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर रह्यो,’ ढकालले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?