+
+

‘डेडपुल एण्ड वुल्भरिन’ बन्यो सन् २०२४ को सबैभन्दा लोकप्रिय फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १७:०८

काठमाडौं । विश्व फिल्मको लोकप्रिय डेटाबेस वेबसाइट आइएमडीबीले सन् २०२४ का सबैभन्दा लोकप्रिय फिल्म र सिरिजको सूची सार्वजनिक गरेको छ । मासिकरुपमा हुने २५० मिलियन भिजिटरलाई आधार मानेर उक्त पोर्टलले वर्षेनी यो सूची सार्वजनिक गर्दै आएको छ ।

सबैभन्दा लोकप्रिय फिल्मतर्फ सूचीको शीर्षस्थानमा ‘डेडपूल र वुल्भरिन’ छ जसले मार्व सिनेम्याटिक युनिभर्सका सबैभन्दा प्रिय पात्रहरू मध्यका दुई रायन रेनोल्ड्स र ह्यूज ज्याकम्यानलाई एकसाथ ल्याएको थियो ।

१.३ बिलियन डलरको विश्वव्यापी कमाइको साथ यस फिल्मले ‘जोकर’लाई इतिहासमा सबैभन्दा धेरै कमाउने आर-रेटिङ फिल्मको रूपमा उछिन्यो । वार्नर ब्रदर्सले डेनिस भिलेन्युभको ‘ड्युनः पार्ट २’ र जर्ज मिलरको ‘फुरियोसा : ए म्याड म्याक्स सागा,’सहित दोस्रो र तेस्रो स्थान कब्जा गर्‍यो ।

सन् २०२४ मा सबैभन्दा लोकप्रिय उत्कृष्ट १० फिल्म र सिरिजको सूची यस्तो छ :

लोकप्रिय फिल्म :

१) डेडपुल एण्ड वुल्भरिन
२) ड्युन : पार्ट २
३) फ्युरिओसा : ए म्याड म्याक्स सागा
४) जोकर : फोली अ ड्युक्स
५) एलियन : रोमुलस
६) द सब्सटेन्स
७) सिभिल वार
८) बिटलजुस बिटलजुस
९) किङ्डम अफ द प्लानेट अफ द एप्स
१०) लङलेग्स

लोकप्रिय शोज :

१) द डिटेक्टिभ
२) द ब्वायज
३) द पेन्गुइन
४) फलआउट
५) हाउस अफ द ड्रागन
६) शोगुन
७) ब्रिजरटन
८) द लर्ड अफ द रिङ्स : रिङ्स अफ द पावर
९) द जेन्टलमेन
१०) थ्री बडी प्रब्लम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?