+
+

देशभर फोरजी सेवा विस्तारका लागि काम भइरहेको छ : सञ्चारमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १७:५२

२१ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालभर फोरजी सेवा विस्तार गने लक्ष्य सरकारले लिएको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मन्त्रालयले अहिले देशभर नै फोरजी सेवा राम्रोसँग चल्नसक्ने बनाउन काम गरिरहेको बताएका हुन् ।

‘नेपालको सबै घरमा अब फोरजी एक्टिभ हुनुपर्‍यो । सबै घरमा । अहिले कहीँ टिप्छ, कहीँ टिप्दैन । कहीँ बोल्दा बोल्दै काटिन्छ, कहीँ के हुन्छ ?,’ उनले भने, ‘यस्तो किसिमको अनिस्टेपल, क्वालिटीविहीन परिस्थिति छ, यसलाई अन्त्य गर्छु भनेर लागेको छु म । यो वर्ष सकिन्छ की सकिँदैन हेरौँ ।’

नेपालको सबै घरमा अब फोरजी चालु हुनुपर्ने भन्दै त्यसका लागि सरकारले व्यवस्थापन गरिरहेको उनको भनाइ थियो । कतै नेटवर्क टिप्ने र कतै नटिप्ने गुणस्तरहिन नेटवर्क रहेको भन्दै सबैतिर फोरजी नेटवर्क टिप्ने बनाउन लागिपरेको जिकिर गरे ।

‘फोरजी कभरेज नेपालभर, नेपालको हरेक घरमा पुगोस् । हरेक घरमा नेपालको रेडियो बजोस्, हरेक घरमा नेपालको टेलिभिजन हेर्न पाइयोस् । हरेक घरमा बिजुली पुगोस् । हरेक घरमा नेट आओस् । त्यो आजको आधुनिक जमानाको जनताको आवश्यकता हो,’ उनले भने ।

मन्त्री गुरुङले देश विकास गर्न योग्य व्यक्तिलाई नागरिकले चुन्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?