+
+

बुद्धले थप्यो १९औं ‘एटीआर’ जहाज

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १७:४२

२१ मंसिर, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले १९औं ‘एटीआर’ जहाज थपेको छ । थपिएको जहाज शुक्रबार काठमाडौं अवतरण गरेको छ ।

बुद्धले ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ जहाज भित्र्याएको हो । बुद्धसँग अब ७२ सिटे जहाज संख्या ६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याइ डिसेम्बर अन्त्यबाट उडान सेवामा ल्याइने बुद्ध एयरले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

बुद्धले दर्ता नम्बर ‘९एन–एओजी’ भएको जहाज फ्रान्सको एटीआर कम्पनी टुलुसबाट ल्याएको हो । बुद्धएयरसँग हाल तीन थान ‘एटीआर४२–३२०’ र १६ थान ‘एटिआर७२–५००’ सिरिजका जहाज छन् ।

कम्पनीले केही समयअघि मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट बिदाइ गरेको थियो । उक्त जहाजको ‘डिरजिस्ट्रेसन’ प्रक्रियामा छ ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप बुद्धले नयाँ जहाज थपेको जनाएको छ । कम्पनीका बजार निर्देशक रुपेश जोशीले सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरूप यात्रु आफ्नो समय अनुकूल उडान गर्न सक्ने बताए ।

‘हामी उडान तालिकालाई अधिकतम प्रभावकारिता साथ सञ्चालन गर्न प्रतिबद्ध छौं,’ उनले भने ।

थपिएको जहाजले नियमित मर्मतसम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ । बुद्धले आन्तरिकतर्फ हाल दैनिक १ सय ४० भन्दा बढी उडान गरिरहेको छ ।

अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारत बनारसका लागि सातामा तीन दिन उडान गरिरहेको छ । यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्ज उडान पनि गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?