
काठमाडौं । सागर ढकालको नेतृत्वमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति गठन भएको छ । एसोसिएसनको ३०औं साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसअनुसार कार्यसमिति उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् । सदस्यमा विशालकुमार अग्रवाल, प्रियन्सु अग्रवाल, जयन्त श्रीवास्तव र जेलिना कँडेल छन् ।
यसअघि ब्रोकर कम्पनीका दुई एसोसिएसन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपाल रहँदै आएकोमा २८ कात्तिकदेखि मर्ज भएर एउटै बनेको थियो ।
अब सम्पूर्ण ब्रोकर कम्पनीको एउटै एसोसिएसन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल कायम हुँदै नयाँ कार्यसमिति बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4