+
+

शान्ति सुरक्षाको माग गर्दै पत्रकारद्वयले हर्कविरुद्ध दिए उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते २०:१९

२१ मंसिर, काठमाडौं । शान्ति सुरक्षाको माग गर्दै पत्रकारद्वय जनकऋषि राई र गोपाल दाहालले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय धरान, सुनसरीमा बिहीबार उनीहरूले शान्तिसुरक्षा माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा मेयर साम्पाङलाई विपक्षी बनाइएको छ ।

‘…नगर प्रमुखजस्तो जिम्मेवार व्यक्तिले आफ्नो पदीय मर्यादा र कर्तव्यलाई नै भुली हामी समग्र पत्रकारहरूलाई साह्रै अन्यायमा पारेको हुँदा साथै निज विपक्षीका समर्थक लेखक राईले समेत ग.., फटाहा भनी तथानाम गालीगलौज गरी स्टाटस पोस्ट गरेको हुँदा निज विपक्षीहरूलाई यस कार्यालयमा अविलम्ब झिकाई आवश्यक छलफल गराई, आवश्यक कारबाही गरी, शान्ति सुरक्षाको प्रत्याभूति दिलाई न्याय इन्साफ पाउन सादर निवेदन गर्दछौं’– प्रहरीमा दर्ता भएको निवेदनमा भनिएको छ ।

खोज पत्रकारिता केन्द्र (खोपके) ले प्रकाशित गरेको ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ मा समेटिएका विषयमा आपत्ति जनाउँदै मेयर साम्पाङले धम्की सहितको स्टाटस लेखेका थिए ।

मेयर साम्पाङले यसबारे जवाफ दिन उनले बिहीबार पत्रकार सम्मेलन नै आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?