+
+

शिक्षा सुधार्ने माग राख्दै दिनभर सडकमा उभिए नेत्र चापागाईं

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते २१:०१

२१ मंसिर, विराटनगर । शिक्षा क्षेत्रको सुधारको माग गर्दै विद्यार्थी नेता नेत्र चापागाईं विराटनगरको सडकमा दिनभर उभिएका छन् । शैक्षिक क्षेत्रको सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं शुक्रबार विराटनगरको ट्राफिक चोकमा दिनभर उभिएका हुन् ।

उनले पोखराबाट सातवटै प्रदेश राजधानीमा उभिने यात्रा सुरु गरेका थिए । आज विराटनगरमा उभिएका उनी भोलि जनकपुर जानेछन् । मधेश प्रदेशको राजधानी जनकपुरबाट उनी बागमती प्रदेशको राजधानी हेटौंडामा आफ्नो मागसहित उभिने छन् ।

पोखरा, धनगढी र नेपालञ्जमा उभिसकेका छन् । गत जेठमा उनी काठमाडौंको माइती घरमा १९ दिनसम्म उभिएर आन्दोलन गरेका थिए । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनको माग पूरा गर्ने आश्वान दिएकी थिइन् ।

ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग चापागाईंले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?