
२१ मंसिर, विराटनगर । प्रारम्भिक बाल विकास इकोसिस्टमको परिकल्पना विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु भएको छ । पूर्वाञ्चल विश्वविद्यालय कला संकायले आयोजना गरेको सम्मेलन शनिबार समापन हुनेछ ।
यो सम्मेलनमा ३ दर्जन बढी अनुसन्धानात्मक लेख प्रस्तुत हुनेछन् ।
उद्घाटन सत्रमा प्राध्यापक करेन ग्राहम, चिरश्री घोष, डाक्टर मिनाक्षी दाहाल, डाक्टर अरुण उप्रेतीले प्रारम्भिक वाल विकास र यसको इकोसिस्टमका विषयमा मन्तव्य राखेका थिए ।
विभिन्न चार वटा सत्रमा प्रारम्भिक बाल विकास इकोसिस्टमको विषयमा अनुसन्धानात्मक लेखहरूको प्रस्तुती र छलफल भएका छन् । सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए ।
सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमले एउटा विद्यार्थीलाई दिने १५ रूपैयाँको खाजामा आवश्यक पोषक तत्व नपाइने भन्दै त्यसमा पुनर्विचार गर्नुपर्ने वक्ताहरुको आग्रह थियो ।
शनिबारको सत्रमा किर्सटेन हुगेन, प्राध्यापक लोरेन वेब्राइटले मुख्य वक्ताको रुपमा सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका,पाकिस्तान, मालदिभ्स, अमेरिका, बेलायतलगायतका तीन सय भन्दा बढीको सहभागी छन् ।
प्रतिक्रिया 4