+
+

हेटौंडामा ट्वाइलेटमा लडेर बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २२ गते ७:५०

२२ मंसिर, काठमाडौं । मकवानपुरको हेटौंडामा ट्वाइलेटमा लडेर एक बालिकाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका-५ सिँचाइटोलमा बुवासँगै डेरामा बस्ने महोत्तरी एकडाँडा गाउँपालिका-३ अजमरपटीकी पाँच वर्षीया बालिका सिरिशाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिरिशा शुक्रबार राति साढे ९ बजे ट्वाइलेट गएकी थिइन् । उनी ट्वाइलेटमा लडेपछि टाउकोमा चोट लागेको थियो ।  राति नै हेटौडा अस्पताल पुर्‍याइए पिन चिकित्सकले मृत घोषणा गरेका थिए ।

शव हेटौंटा अस्पतालमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?