
२२ मंसिर, काठमाडौं । चितवनमा शुक्रबार राति सवा ११ बजे गाडीको ठक्करबाट एक जनाको मृत्य भएको छ ।
मृत्यु हुनेमा पैदलयात्री राप्ती नगरपालिका-२ गड्यौलीका २८ वर्षीय सन्दीप रुवाली रहेको प्रहरीले जनाएको छ । उनलाई हेटौडादेखि नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३-००१ ख ०५५५ नम्बरको ईभी भ्यानले राप्ती नगरपालिका-१ स्थित पिप्लेमा ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका सन्दीपलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले राति सवा १२ बजे मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4