
२२ मंसिर, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार तामाङलाई कृष्णनगर नगरपालिका-२ लीङगेटबाट नियन्त्रणमा लिइएको हो ।
काठमाडौंबाट झुक्याएर एक व्यक्तिलाई भारत लैजाँदै गर्दा तामाङलाई पक्राउ गरिएको उनले बताए । उनलाई अदालतबाट म्याद थप गराएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4