
२२ मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगरस्थित कोइराला निवास पुगेका छन् ।
यो घर पूर्वप्रधानमन्त्री स्वर्गीय मातृकाप्रसाद कोइरालाको हो । अंशवण्डापछि हाल उनका भतिजा डाक्टर शेखर कोइरालाको भागमा परेको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलनमा सहभागी हुन विराटनगर आएका देउवा शनिबार बिहान कोइराला निवास पुगेका हुन् ।
मातृकाका अर्का भतिजा शशांक कोइरालासँगै देउवा कोइराला निवास पुगेर केही समय बरन्डामा बसेका थिए । उनी पुग्दा डा. शेखर कोइराला भने घरमा थिएनन् ।
कोशी प्रदेश सम्मेलनमा दोस्रो वरियता नपाउने भएपछि शेखर सम्मेलन बहिष्कार गर्दै चितवन पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4