+
+

निर्माण क्षेत्रलाई सरकारले प्राथमिकता दिएको छ : मन्त्री दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २२ गते १२:४०

२२ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रलाई गति दिन सरकारले प्राथमिकता दिएको बताएका छन् ।

१७औं राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले निकालेको प्रभातफेरीको त्रिपुरेश्वरमा उद्घाटनका क्रममा उनले अधुरा योजनाहरुलाई समयमानै पूरा गराउने प्रमुख प्राथमिकता रहेको बताए ।

निर्माण व्यवसायीलाई दिन बाँकी भुक्तानी केही उपलब्ध गराइएको भन्दै बाँकी रकमसमेत आउँदा साता निकासा हुने उनको भनाइ छ ।

निर्माण क्षेत्रमा देखिने सुस्तताले नागरिक निराश हुने भएकाले सबैतिर उत्साह जगाउने गरी काम गर्न उनले निर्माण व्यवसायीहरुलाई आग्रह गरे । नीतिगत र कानुनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन नदिने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशलाई समृद्ध बनाउन निर्माण क्षेत्रलाई गति दिन जरुरी रहेको बताए । यसका लागि सरकारले कतिपय नीतिगत र कानुनी व्यवस्थामा सुधार गर्न खाँचो रहेको बताए ।

महासंघले निर्माण दिवशको अवसरमा प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको महासचिव रोशन दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?