
२२ मंसिर, विराटनगर । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेश सम्मेलनमा नेता डा. शेखर कोइराला उपस्थित नहुँदा आफू दुःखी भएको बताएका छन् ।
कोइराला पार्टीको प्रदेश सम्मेलनमा सहभागी नभई चितवन पुगेका छन् । कोइरालाको गृहनगर समेत रहेको विराटनगरमा भएको सम्मेलनमा बोल्ने क्रममा नेता सिटौलाले कोइराला सम्मेलनमा सहभागी नभएको विषय उठाए ।
उनले पार्टीमा कुरा राख्न पनि कोइरालालाई आग्रह गरे ।
‘पार्टी एकताका नाममा हामीले हाम्रा कुरा राख्ने ठाउँमा नबसेर बाहिर गयो भने त्यसले झन समस्या हुन्छ,’ उनले भने, ‘आज म दुःखमा साथ एउटा कुरा भन्छु मेरा प्रिय साथी शेखरले यहीँ कुरा उठाइदिनु भएको भए हुन्थ्यो ।’
कोइरालाको अनुपस्थितिका विषयमा पार्टीले जानकारी पाए छलफल गर्ने उनले बताए ।
‘उहाँले कारणले छाड्नुपर्ने हामीलाई थाहा हुन्थ्यो, हामी निर्णयमा पुग्न सक्थ्यौं,’ उनले भने, ‘केन्द्रीय समितिमा राखे पनि हुन्छ । त्यहाँ छलफलको विषय बन्छ, विधानले समाधान दिने हो, कुरा के हो प्रष्टसँग हामी सबैले थाहा पाउने गरी राख्नु उचित हुन्छ ।’
प्रतिक्रिया 4