
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगरमा छन् । पार्टीको कोशी प्रदेश सम्मेलनका लागि उनी हिजै विराटनगर पुगेका थिए । तर, गृहप्रदेशमै भएको सम्मेलनमा अर्का नेता डा. शेखर कोइरालाले बहिष्कार गरे ।
शनिबार दिउँसो विराटनगरमा सम्मेलन भयो । महामन्त्री गगन कुमार थापा पनि पुगेका थिए । शेखर अुनपस्थित सम्मेलनमा गगनले गर्ने भाषण सबैको चासो बन्यो ।
सम्बोधनकै क्रममा गगनले पार्टी सभापति ‘कम बोल्ने’ टिप्पणी गरे । गगनको उक्त टिप्पणीको जवाफ केहीबेरपछि सम्बोधनका क्रममा सभापति देउवाले गरे ।
‘हाम्रो महामन्त्रीजीले धेरै कुरा भनिसक्नुभएकै छ, तर म एउटा कुरा भन्छु,’ देउवाले भने, ‘म कम बोल्छु, बढी बोल्नेले आफूलाई सिध्याउँछ । कम बोल्नेले अरुलाई सिध्याउँछ ।’
मञ्चतिर हेर्दै देउवाले यसो भनिरहँदा केहीबेर सम्मेलन आयोजना भएको हलमा हाँसो गुञ्जियो ।
त्यसपछि देउवाले भने, ‘मैले ठट्टा मात्रै गरेको ।’
प्रतिक्रिया 4