+
+

गठबन्धनमा कांग्रेसले कुनै अप्ठ्यारो पार्दैन : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २२ गते १९:१०

२२ मंसिर, विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको गठबन्धन पूरा समय चल्ने बताएका छन् ।

पार्टीको कोशी प्रदेश सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसले गठबन्धनलाई कुनै अप्ठ्यारोमा नपार्ने पनि बताए ।

‘एमाले कांग्रेसको गठबन्धन पूरा समयसम्म चल्छ,’ देउवाले भने, ‘कांग्रेसले कुनै पनि अप्ठ्यारो हुने काम गर्ने छैन ।’ उनले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको वर्तमान सरकार निरन्तर अगाडि बढ्ने पनि बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमाणबाट महत्त्वपूर्ण उपलब्धि हासिल भएको पनि जिकिर गरे । साथै, अबको निर्वाचनमा ग्रामिण क्षेत्रबाट पार्टीलाई बलियो बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?