२२ मंसिर, काठमाडौं । घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उद्घाटन खेलमा भारतीय क्लब क्यालिकट हिरोजमाथि रोमाञ्चक जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको शनिवार भएको खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले प्राइम भलिबल लिगको च्याम्पियन तथा उपाधि दाबेदार क्यालिकट हिरोजलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा हरायो ।
हेल्प नेपालले क्यालिकटलाई २५-२२, २०-२५, २२-२५, २६-२४, १५-१० ले पराजित गरेको हो । पहिलो सेट हेल्प नेपालले आफ्नो पक्षमा पारेपनि क्यालिकटले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितेर खेलमा २-१ को अग्रता बनाएको थियो ।
प्रतिस्पर्धात्मक बनेको चौथो तेस्रो हेल्प नेपालले टाईब्रेकमा आफ्नो पक्षमा पार्दै खेल पाँचौ सेटमा पुर्याएको थियो । दुई हजार भन्दा बढी घरेलु दर्शकको साथ पाएको हेल्प नेपालले पाँचौ तथा निर्णायक सेटमा सुरुवात देखि नै अग्रता बनायो र १५-१० ले सहजै आफ्नो पक्षमा पारेर खेल जितेको हो ।
काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा नेपालका दुई क्लबसहित ४ राष्ट्रका ५ क्लबको सहभागिता छ ।
प्रतिक्रिया 4