+
+

फिल्मको विकासको लागि ऐन सुधारमा सरकारले ढिलाइ गर्दैन : मन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २२ गते २१:१२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाली चलचित्र क्षेत्रको विकास र प्रबर्द्धन गर्न आवश्यक पर्ने ऐन सुधार गर्न सरकारले ढिलाइ नगर्ने बताएका छन् ।

पर्यटन बोर्डको सभाहलमा रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइवार्ट) शाखाले आयोजना गरेको ‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ मा मन्त्री गुरूङले चलचित्र आम मानिससम्म पुग्ने बलियो माध्यम रहेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले भने, ‘नेपालमा बनिरहेका चलचित्र र यससम्बन्धी भइरहेका गतिविधिबाट हामीले फाइदा लिनुपर्छ । हाम्रो पर्यटनको प्रचार गर्न सक्छौँ । यसका लागि बाधा देखिएका ऐनमा सुधार गर्दै यस क्षेत्रको विकासका लागि मन्त्रालयसँगै चलचित्र विकास बोर्डले आफ्नो काम गरिरहेको छ । अहिले यो क्षेत्रमा देखिएको मनोमानी र भद्रगोल अवस्थालाई हामीले लयमा ल्याउँदैछौँ । आउँदो केही समयमा सबैले महसुस गर्नेगरी परिवर्तन गरिनेछ ।’

चलचित्र प्रदर्शन, वितरण र निर्माणका लागि विसं २०२६ देखि लागू भएको ‘चलचित्र ऐन’ को समस्या र नयाँ ऐनको महत्व बुझेर यसै वर्ष नयाँ ऐन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको मन्त्री गुरूङले जानकारी दिए । यस्तै, उनले महिला चलचित्रकर्मीलाई अगाडि बढाउन मन्त्रालयले बोर्डसँग समन्वय गरेर कार्यक्रम ल्याउने जानकारी दिए ।

“महिलाले गर्न नसक्ने केही छैन, आफूलाई चिन्नु पर्ने आवश्यकता छ”, मन्त्री गुरूङले भने । उनले नेपाल अन्य देशको तुलनामा प्राकृतिक रूपमा धनी रहेको र सांस्कृतिक विविधताले भरिपूर्ण रहेकाले यसको प्रयोग आफ्ना कथा र चलचित्रमा गर्न महिला चलचित्रकर्मीलाई आग्रह गरे ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?