+
+

देखिने गरी काम भएको छ : महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २२ गते २१:१२

२२ मंसिर, देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनताले देखिने गरी काम भएको दाबी गरेका छन् ।

महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा केही समस्या भए पनि केही भएन भनेर जनतामा निराशा र समाजमा अराजकता फैलाउनु गलत भएको पनि बताए ।

तुलसीपुर उपमहानगरपालिका–१९ को प्रशासनिक भवनको उद्घाटन गर्ने क्रममा उनले विगतभन्दा पछिल्लो समय धेरै उपलब्धि प्राप्त भएको जिकिर गरे ।

सडक, बाटोघाटो, शिक्षा, स्वास्थ्य र अत्यावश्यक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको भन्दै नकारात्मकभन्दा सकारात्मक कुरामा ध्यान दिन सबैलाई आग्रह समेत गरे ।

तुलसीपुर उपपमहानगरपालिकाले विकासमा फड्को मारेको उल्लेख गर्दै महासचिव पोखरेलले १९ वटै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आउनु ठूलो उपलब्धि भएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?