
२३ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग -एनपीएल_मा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ रोजेको छ ।
टी-यू क्रिकेट मैदानमा टस जित्दै कप्तान रोहित पौडेलले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका हुन् । अहिले जनकपुरले ब्याटिङ गर्दैछ ।
जनकपुरको प्लेइङ-११ मा आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, जिम्मी नीशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, हेमन्त धामी, किशोर महतो, ललित राजवंशी, शेर मल्ल रहेका छन् ।
यस्तै, लुम्बिनी लायन्सको प्लेइङ-११ मा आशुतोष घिरैया, अर्जुन साउद, टम मुर्स, रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, बेन कटिङ, साद विन जफर, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, अभिषेक गौतम रहेका छन् ।
यसअघि भएका तीन/तीन खेलमध्ये लुम्बिनी लायन्सले सबै खेल गुमाएको छ भने जनकपुरले सबैमा जीत हात पारेको छ ।
यो खेलको अनलाइनखबरले बल बाइ बल लाइभ अपडेट गरिरहेको छ ।
प्रतिक्रिया 4