+
+

अस्पतालका कर्मचारी झ्यालमा बाँधेको अवस्थामा मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १०:१५
फाइल फोटो

२३ मंसिर, जनकपुरधाम । सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला परेको छ ।

मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

मृतक झाका दुवै खुट्टाले भुईं टेकेको देखिन्छ । उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ । प्रत्यक्षदर्शीले कसैले हत्या गरेर शव झ्यालको रडमा बाँधेर छाडेको हुनसक्ने अनुमान गरेका छन् ।

आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?