+
+

शोभित बस्नेतले अस्ट्रेलियामा फिल्म ‘पीआर’ निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १२:५६

काठमाडौं । निर्देशक शोभित बस्नेतले २७ औं निर्देशकीय फिल्मको रुपमा फिल्म ‘पीआर’ बनाउने भएका छन् । सलोन सलिना फिल्म्सको ब्यानरमा बन्ने फिल्मको सबै छायांकन अस्ट्रेलियामा हुने भएको छ ।

छायांकनकै लागि निर्देशक बस्नेत अहिले सिड्नीमा छन् । सोमबारदेखि सिड्नीका तीन स्थानमा अडिसन सुरु हुने उनले जनाए । अस्ट्रेलियामा आएर नेपालीले स्थायी आवासीय प्रमाणपत्र (पीआर)का लागि गर्ने संघर्षको कथामा फिल्म बनाउन लागेको बस्नेतले बताए ।

‘अस्ट्रेलियामा भएका नेपालीको वास्तविक घटनालाई आधार मानेर फिल्म बनाउन लागेको हुँ । यसले नेपालको अभिभावकको अपेक्षा र अस्ट्रेलियामा बसोबास गर्ने सोचको द्वन्द्वको कथा पनि भन्छ’, बस्नेतले सिड्नीदेखि अनलाइनखबरसँग भने ।

अस्ट्रेलियामा २५ दिन र नेपालमा १० दिन छायांकन तयारी छ । फिल्मबारे जानकारी दिन निर्माताले आइतबार विज्ञप्तिमार्फत फिल्म निर्माणको घोषणा गरेका छन् । आर्टिफिसियल इन्टिलिजेन्स (एआई)ले सिर्जना गरेको एक थिम पोस्टरले कथावस्तुबारे छनक दिन्छ ।

पोस्टरको एक पात्र सुटकेस बोकेर अस्ट्रेलिया जाने तयारीमा छ । उसको शरीरको एकातिर नेपालको झण्डा देखाइएको छ भने अर्कोतिर सुटमा ऊ सजिएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्मको छायांकन अस्ट्रेलियाका विभिन्न सहरमा गरिने निर्देशक बस्नेतले जानकारी दिए । ‘सम्पूर्ण कलाकार र प्राविधिक अस्ट्रेलियाबाटै छानिनेछन् । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङमा जानेछौं’, उनले भने ।

आरएफएम फयासिलिटी म्यानेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मलाई प्रदीप दाहालले निर्माण गर्दैछन् । गणेश केसी कार्यकारी निर्माता छन् । फिल्ममा मानसराजको संगीत, गणेश बुढाथोकीको पटकथा र संवाद हुनेछ ।

बस्नेतले पछिल्लोपटक ‘बद्रीबहादुर’मा निर्देशन र अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?