+

इलाम गोल्ड कप : संकाटालाई हराउँदै आयोजक रेडहर्स विजयी

२०८१ मंसिर  २३ गते १३:३९ २०८१ मंसिर २३ गते १३:३९
इलाम गोल्ड कप : संकाटालाई हराउँदै आयोजक रेडहर्स विजयी

२२ मंसिर, इलाम । एनआरएनए दोस्रो इलाम गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडहर्स विजयी भएको छ ।

शनिबार इलामको ठूलो टुँडिखेलमा सम्पन्न खेलमा ए डिभिजन क्लब संकटालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै रेडहर्स सेमिफाइनलको यात्रा तय गरेको हो ।

गोरहित बराबरीमा खेल सकिएपछि टाइब्रेकरबाट खेलको निर्णय लिइएको थियो । संकटाको तर्फबाट टाइब्रेकरमा कुलदिप कार्की, पुष्कर खड्का र रोसन पहरीले गोल गर्न सफल भए ।

युवराज ढकालले गोलपोष्ट बाहिर बल प्रहार गरे । कृपाकान्त चौधरीको प्रहारलाई रेडहर्सका गोलरक्षक विवेक मगरले उत्कृष्ट बचाउ गर्दा रेडहर्सले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

आइतबारको खेल डिफेण्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र जिटिए एघार दार्जिलिङबीच हुनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, चर्च बोइज, रेडस्टार झापा र मच्छिन्द्र समेत सहभागी हुनेछन् ।

रेडहर्सको तर्फबाट असोक खवास, हेमन लिम्बु, आयुष तिम्सिना र रोमन भुजेलले टाइब्रेकरमा गोल गरे ।

इलाम गोल्ड कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय