+
+

समाचार लेख्ने पत्रकारमाथि कारबाही माग्दै गृहमन्त्रीलाई हर्कको पत्र

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू विरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १४:५६

२३ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू विरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन् ।

आइतबार सामाजिक सञ्जालमा सेयर गरेको पत्रमा साम्पाङले खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई कारबाही गर्न पत्रमा माग गरेका छन् ।

‘मैले नक्कली माओवादी बनेर चन्दा असुलेको भन्ने भ्रामक झुटो समाचार प्रकाशन गरी मेरो चरित्र हत्या गर्ने प्रयास गरेको’ आरोप उनले पत्रकार दाहाललाई लगाएका छन् ।

महासंघ सुनसरीका अध्यक्ष ऋषिलाई उक्त समाचार सामाजिक सञ्जालमा पोस्ट गर्दै भ्रम फैलाउने काम गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।

प्रेस स्वतन्त्रताको नाममा व्यक्ति र पद दुवैको मानहानि हुने गरी निराधार, भ्रामक र सामाजिक शान्तिमा खलल ल्याउने किसिमको समाचार बनाउने र दुष्प्रचार गर्ने दुवै जनालाई पार्टीगत आबद्धता नहेरी निष्पक्ष रूपमा कारबाही गर्न उनले माग गरेका छन् ।

उनले पत्र मार्फत गृहमन्त्रीलाई लेखेका छन्, ‘… म जस्तो दिनरात जनताको सेवामा लागिरहने घोटिइरहने जनप्रतिनिधिहरूले निर्वाध रूपमा काम गर्न सकियोस् अन्यथा देशको भलो कहिल्यै हुने छैन । आशा छ तपाईं जनताको मर्म बुझ्नुहुन्छ होला । पार्टी भन्दा ठूलो हुन्छ देश । हो त्यही देशको जनताको अभिमत पाएका हामीले देशलाई बिर्सनुहुँदैन ।’

हेर्नुहोस् पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?