+
+

गणपुरक संख्या नपुगेपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १५:०७

२३ मंसिर, काठमाडौं । गणपुरक संख्या नपुगेपछि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । २४ सदस्यीय रहेको समितिमा १० जना मात्र भएपछि स्थगित भएको हो ।

‘गणपुरक संख्या पुगेन । भोलि १ बजे बस्नेगरी बैठक स्थगित भएको छ,’ सभापति अम्बरबहादुर थापाले भने ।

विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु गर्ने कार्यतालिका थियो ।

आजको बैठकका लागि महिला सांसद मात्र उपस्थित थिए । महेन्द्र राय यादव आएका थिए तर आँखाको बिरामी भएको भन्दै निस्किएका थिए ।

‘आजको बैठक याद गर्नुस् है । पुरुष सांसद आउनु भएन,’ बैठक स्थगित भएपछि महिला सांसदहरूले भनिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?