+
+

नुवाकोटमा आमासहित दुई नाबालक छोरा एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १५:१३

२३ मंसिर, नुवाकोट । नुवाकोटको किस्पाङमा आमासहित दुई नाबालक सन्तानहरू एकै स्थानमा डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

किस्पाङ गाउँपालिका वडा नं. १ भाल्चे गाउँको नुचेतमा २३ वर्षिय चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा पाइएको हो ।

आज बिहान ९ बजेको समयमा भएको उक्त घटनाको थप अनुसन्धानका लागि तत्कालै जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा डिएसपी तिलक भारतीसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । डिएसपी भारतीका अनुसार घटना शंकास्पद, कारुणिक र गम्भीर प्रकृतिको भएकोले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

स्थानीयका अनुसार चन्दीमायाका श्रीमान् रेस घले बिहान घरभन्दा केही माथी बारीमा केराउ टिप्न गएको समयमा उक्त घटना भएको र घरबाट निस्कनुअघि उनको श्रीमतीसँग सामान्य भनाभन भएको थियो । तर, घटना हुनुको वास्तविक कारण भने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

बच्चाहरू विद्यालय जाने तरखरमा रहेका बेला घरभित्र एउटै कोठाको छुट्टाछुट्टै तीनवटा कुनामा झुण्डिएको र एउटै डोरीलाई टुक्र्याएर तीन भाग लगाएर तीनैजना झुण्डिएको पाइएको घटनास्थलमा रहेका स्थानीय नुचेत आधारभूत विद्यालयका प्रधानाध्यापक आर एन न्यौपानेले बताए । न्यौपानेका अनुसार दुवै बालकहरू स्थानीय दुर्गम तारा आधारभूत विद्यालयमा अध्ययन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?