+
+

झापामा रास्वपा कार्यकर्ता प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १५:३८

२३ मंसिर, काठमाडौं । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन सक्ने भन्दै प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दका अनुसार करिब एक दर्जन रास्वपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ । केही समयपछि उनीहरूलाई छाडिने चन्दले बताए ।

अहिले जिल्ला प्रहरी कार्यालय झापामा झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई राखिएको छ । दमकको प्रहरी कार्यालयमा पनि १०/१२ जनालाई नियन्त्रणमा लिएर राखिएको उनले बताए ।

आइतबार झापाको मेचीनगर इटा भटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका थिए । प्रधानमन्त्री ओली दुई दिनका लागि आइतबार गृहजिल्ला झापा गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?