+
+

बाजुरामा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १५:३३
Photo Credit : Social Media

२३ मंसिर, धनगढी । बाजुरामा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन् । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?