+
+

मन्त्रालयलाई हर्क साम्पाङको पत्र- प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाइदिनुपर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १६:०७

२३ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् ।

जनताको काम अड्किएर गाह्रो भएको उल्लेख गर्दै साम्पाङले आइतबार मन्त्रालयलाई पत्र पठाएका हुन् ।

‘प्रमुख प्रशासकीय अधिकृत कहिले पठाउने हो? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो,’ उनले पत्रमा लेखेका छन्, ‘लौ न तुरुन्तै पठाइदिन पर्‍यो । धराने जनता पनि नेपाली नागरिक नै हुन् ।’

धराने जनताको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुरुन्तै पठाइदिन उनले पत्रमार्फत् अनुरोध गरेका छन् ।

हेर्नुहोस् पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?