+
+

देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता, द्विपक्षीय हितबारे छलफल     

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १७:३९

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।

देउवा निवास बूढानीलकण्ठमा आइतबार भएको भेटमा द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

नेपाल भ्रमणका क्रममा आजै नेपाल आएका विदेशमन्त्री लुले शीर्ष नेतृत्वसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देश बीचको सहकार्यलाई अघि बढाउने विषयमा योगदान पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?