+
+

मोहन वैद्य नै दोहोरिए क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वमा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १८:२९

२३ मंसिर, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य सर्वसम्मत भएका छन् । काठमाडौंको कीर्तिपुरमा सम्पन्न पार्टीको महाधिवेशनबाट वैद्य सर्वसम्मत चुनिएका हुन् ।

सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली ‘सुदर्शन’को समर्थनमा उनी सर्वसम्मत चुनिएको एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए । उनलाई महाधिवेशनको हलले ताली बजाएर सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यस्तै, महाधिवेशनबाट १ सय १७ सदस्यीय केन्द्रीय समिति गठन भएको छ भने १६ वटा मूल प्रस्ताव पारित गरेको छ ।

ती सदस्यका अुनसार ८० सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि गठन भएको छ ।

महाधिवेशनले केन्द्रीय परिषद् सदस्य गठन गरेको छ । जसमा १ सय १७ केन्द्रीय सदस्य रहेका छन् भने ८० वैकल्पिक केन्द्रीय सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?