+
+

सरकारले संसद्लाई छल्छ : सभामुख घिमिरे

सरकारले संसद्लाई छल्न खोज्ने र संसद सरकारको खिलापमा जान खोज्ने प्रवृतिले संसदको काम कारबाहीलाई प्रभावकारी पार्न समस्या आउने गरेको सभामुख घिमिरेको भनाइ रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २३ गते १८:५०
RSS

२३ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले राज्यका तीन निकायका बीचमा प्रभावकारी समन्वयको आवश्यकता औंल्याएका छन् । आइतबार संसद् सेवा दिवसका अवसरमा सिंहदरबारमा भएको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देशका तीन महत्त्वपूर्ण अंगहरू व्यवस्थापिका संसद, कार्यपालिका सरकार र न्यायपलिका सर्वोच्च अदालत लगायतका अदालत सैद्धान्तिक रुपमा आफैं सर्वशक्तिसम्पन्न रहको उनले बताए ।

‘यी चेक एण्ड ब्यालेन्सको भूमिकामा हुनुपर्छ,’ उनी भन्छन्, ‘तर, यसको बीचमा एक अर्काको हेर्ने, बुझ्ने र कार्यान्वयन गर्ने कुराहरूको हाम्रो नेपालमा कतिको त्यसमा सामञ्जस्यताको आवश्यकता छ ? कुन हदसम्म यसको बीचमा समन्वय भएको छ ? एक अर्काको बीचमा सम्बन्धलाई कसरी विकास गरिएको छ ? यो पक्ष अलि ध्यान दिनुपर्नेछ ।’

सरकार र संसदकै बीचमा कतिपय अवस्थामा समन्वयको अभाव रहेको र यसको असर कामकारबाहीका परेको उनको अनुभव छ । सरकारले संसदलाई छल्न खोज्ने र संसद सरकारको खिलापमा जान खोज्ने प्रवृति पनि रहेको उनले बताए ।

‘कार्यपालिकाले व्यवस्थापिकालाई छल्न खोज्ने, व्यवस्थापिकाले कार्यपालिकाको खिलापमा जान खोज्ने अथवा यस्ता खालका प्रवृतिले पनि संसदको काम कारबाही, संसदीय सेवा, संसदलाई प्रभावकारी पार्ने कुरामा समस्याहरु आएको हुन सक्छ,’ सभामुख घिमिरेले भने ।

यस्तो समस्याबारे बहस गरेर टुंगो लगाउन सकिने र यस सन्दर्भमा आवश्यकता अनुसार कानुन बनाउन पनि सकिले उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?