
२३ मंसिर,काठमाडौं । अब काठमाडौं महानगरपालिकाभित्र बोटबिरुवामा लहरेबत्ती राख्न नपाइने भएको छ ।
आइतबार काठमाडौं महानगरपालिकाको ३७औं कार्यपालिका बैठकले ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि २०८१’ स्वीकृत गरेको हो । उक्त कार्यविधि अनुसार सजावट वा सुन्दरताका लागि कुनै पनि बोटबिरुवामा लहरेबत्ती राख्न पाइँदैन ।
यस्तै अन्य व्यावसायिक तथा सार्वजनिक स्थानमा बत्ती राख्न वातावरण व्यवस्थापन विभागको अनुमति लिनुपर्ने छ । सजावट र सुन्दरताका लागि राखिएका बत्तीको गुणस्तर, जनस्वास्थ्य र वातावरणमा पार्ने नकारात्मक प्रभाव, प्राणी र जीवहरूको बास, आहार तथा आवतजावतमा पार्ने नकारात्मक असर घटाउने विषय कार्यविधिमा समेटिएका छन् ।
यस्तै कार्यविधिले जात्रापर्वमा प्रयोग गरिने बत्तीहरू बढीमा ७ दिनसम्म राख्न सकिने व्यवस्था गरेको छ । आज महानगर प्रमुख बालेन साहको अध्यक्षतामा बसेको बैठकले कार्यविधि स्वीकृत गरेको हो ।
प्रतिक्रिया 4