
२४ मंसिर, काठमाडौं । हिमालयन डिस्टिलरीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले लाभांश वितरणका लागि पुस १९ गते बुक क्लोजको मिति तय गरेको छ ।
पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश लिन र साधारणसभामा भाग लिन सक्नेछन् । यसअघि कम्पनीले १० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३२० रुपैयाँ हाराहारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4