
काठमाडौं । बीटीएस सन् २०२४ मा विश्वभर सबैभन्दा धेरै सुनिने के-पप ब्यान्ड बनेको छ । विश्व संगीतको सबैभन्दा ठूलो अडियो प्लाटफर्म स्पोटीफाइले सार्वजनिक गरेको नयाँ सूचीमा बीटीएस शीर्षस्थानमा छ ।
सन् २०१८ देखि स्पोटीफाइको वार्षिक सूचीमा बीटीएसलाई कसैले पनि उछिन्न सकेको छैन । रोचक के छ भने सन् २०२२ यता ब्यान्डले नयाँ एल्बम पनि सार्वजनिक गरेको छैन । यद्यपि, अहिलेसम्म पनि ब्यान्ड शीर्षस्थानमा छ ।
यो उपलब्धिमा ब्यान्डले विश्वचर्चित अन्य संगीतकर्मी ड्रेक र ब्याड बनीलाई समेत उछिनेको छ । ब्यान्डका १०० गीतलाई स्पोटीफाइमा १०० मिलियनभन्दा धेरै पटक स्ट्रिमिङ गरिएको छ । यसबाहेक ब्यान्डका अन्य एल्बम ‘टियर’, ‘लभ योरसेल्फ’ पनि १०० मिलियनभन्दा धेरै पटक सुनिएका छन् ।
यतिबेला बीटीएसका सबै सदस्य अनिवार्य सैन्य सेवामा छन् । कतिपयले सेवा पूरा गरेका छन् । त्यसको बाबजुद पनि बीटीएसको प्रभुत्वलाई कसैले पनि उछिन्न सकेको छैन । कतिपय सदस्यले एक्लै गीत ल्याएका छन् ।
जसमध्ये जंगकुकको ‘गोल्डेन’ र जिमिनको ‘म्युज’ यतिबेला चर्चामा छन् । डेटाका अनुसार जिमिनको गीत ‘हु’ विश्वव्यापी धेरै सुनिने एसियाल एकल गीतको रुपमा छ । यो गीत १७ औं स्थानमा छ । जंगकुकको ‘सेभेन सङ’ २८ औं स्थानमा छ । ‘स्ट्यान्डिङ नेक्स्ट टु यू’ ३४ औं स्थानमा छ ।
सन् २०२४ मा बीटीएसले आफ्ना केही उपलब्धिसहित विश्वव्यापी प्रभुत्व कायम राख्यो । यो समूहलाई अहिलेसम्म ३९ बिलियन पटक सुनिएको तथ्यांक छ । ब्यान्डको गीत ‘स्प्रिङ डे’ ब्यान्डको इतिहासमा एक अर्ब स्ट्रिमिङ हुने पहिलो गीत बन्यो ।
यस्तो छ सन् २०२४ को के–पप सूची
१) बीटीएस
२) जंगकुक (बीटीएस)
३) स्ट्रे किड्स
४) जिमिन
५) न्यु जिन्स
६) ब्ल्याकपिंक
७) भी (बीटीएस)
८) जेन्नी (ब्ल्याकपिंक)
९) ले सेराफिम
१०) सेभेन्टिन
११) एनहाइपेन
१२) ट्वाइस
१३) एस्पा
१४) टुमरो टुगेदर
१५) लिसा (ब्ल्याकपिंक)
१६) जी-आइडल
१७) वेभ टु अर्थ
१८) बेबी मोन्स्टर
१९) आइभीई
२०) अगस्त डी (बीटीएस)
प्रतिक्रिया 4