+
+

हुन्डाईको ‘डिसेम्बर डिलाइट’ अभियान : आकर्षक छुटदेखि विशेष लाभको अवसर

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १२:५६

काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ । ९ डिसेम्बरदेखि १५ डिसेम्बरसम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन् ।

डिसेम्बर डिलाइट अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्स्चेज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानमा जेरो कस्ट वनरसिप प्लान रहेको छ । जसमा ग्राहकले आफूलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै, ३ वर्षको नि:शुल्क चेक-अप, गाडी मर्मत सामाग्री तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ ।

हुन्डाई नेपालले ग्राहकको अनुभवलाई सधैं झैं विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो ।

देशभरिका सो-रुमहरूमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकलाई कम्पनीले अनुरोध समेत गरेको छ ।

योमरी पुन्ही र उधौली पर्वको अवसरमा शनिबार नक्साल, भक्तपुर र थापाथाली सोरुममा पर्व विशेष कार्यक्रमको पनि आयोजना हुने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?