+
+

७२ फिल्मले पटकथा संग्रहालयमा बुझाए स्क्रिप्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १६:३४

काठमाडौं । चलचित्र विकास बोर्डले सुरुवात गरेको पटकथा संग्रहालयमा पटकथा पेश गर्ने फिल्मको संख्या ७२ पुगेको छ । यसअघि ‘कबड्डी ४’, ‘बोक्सीको घर’, ‘छक्कापञ्जा ५’, ‘अन्तराल’, ‘दुई नम्बरी’, ‘चिसो मान्छे’ र ‘नाङ्गो गाउँ’का निर्माताले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पटकथा बुझाइसकेका छन् ।

सोमबारसम्म स्क्रिप्ट बुझाउने फिल्मको संख्या ७२ पुगेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले जनाए । बोर्डमा भव्य पटकथा संग्रहालय स्थापना गरेर नेपाली फिल्मको पटकथालाई अभिलेखको रुपमा राख्ने तयारी थालिएको उनले बताए ।

पछिल्लो पटक सतीदेवी, नेप्टे, फागु, दशगजा, लालजोडी, हिम्मतवाली, काँडेतार, काली, मायाको बारीमा, म यस्तो गीत गाउँछु २, नालापानी, पञ्चायत, स्केप, मेघा, सिलसिला, तेल भिसा लगायतले पटकथा बुझाएका हुन् ।

पटकथा संग्रहालयको माध्यमबाट पछि आउने पुस्तालाई घरेलु फिल्मको इतिहास बुझ्न सजिलो हुने अपेक्षा रहेको अध्यक्ष डीसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?