+

अन्य स्वास्थ्य समस्याले पनि दुख्न सक्छ कम्मर

२०८१ मंसिर  २४ गते १७:३३ २०८१ मंसिर २४ गते १७:३३
अन्य स्वास्थ्य समस्याले पनि दुख्न सक्छ कम्मर

कम्मर दुखाइ यस्तो स्वास्थ्य समस्या हो, जसले धेरै व्यक्तिलाई जीवनमा कुनै न कुनैबेला प्रभावित बनाएकै हुन्छ । यो दुखाइले मानिसको दैनिक जीवनमा असहजता ल्याउन सक्छ र शारीरिक गतिलाई सीमित गर्न सक्छ ।

कम्मर दुखाइ विभिन्न कारणले उत्पन्न हुनसक्छ र यसको रोकथाम तथा उपचारमा उचित ज्ञान महत्त्वपूर्ण छ ।

कम्मर दुखाइको कारण

– मांसपेशी र लिगामेन्टको समस्या : मांसपेशी तानिनु, तानिएको लिगामेन्ट वा पिठ्युँको मांसपेशीमा अधिक तनावका कारण कम्मर दुखाइ हुनसक्छ ।

– हड्डीसम्बन्धी समस्या : मांसपेशीको कमजोरी, हड्डीमा चोटपटक वा स्लिप डिस्क जस्ता हड्डीसम्बन्धी समस्याले पनि कम्मर दुखाइ उत्पन्न गर्न सक्छ ।

– असामान्य शारीरिक गतिविधि : लामो समयसम्म उभिने, बस्ने वा गलत ढंगले भारी वस्तु उठाउँदा कम्मर दुखाइ हुनसक्छ ।

– थाइराइड र किड्नीको समस्या : कहिलेकाहीं यी स्वास्थ्य समस्याले पनि पनि कम्मर दुखाइ हुनसक्छ ।

कम्मर दुखाइका लक्षण

– पिठ्युँको तल्लो भागमा असहजता वा दुखाइ हुनु

– पिठ्युँबाट तल्लो खुट्टातिर दुखाइ फैलिनु

– थकान वा कमजोरी महसुस हुनु

– लामो समयसम्म उभिनु वा बस्न कठिनाइ हुनु

रोकथामका उपाय

– सही शारीरिक स्थितिको पालना गर्नु : सही ढंगले बस्ने र उभिने बानीको विकास गर्नु महत्त्वपूर्ण छ । ढाड सिधा राखी बस्दा र सही तरिकाले भारी वस्तु उठाउँदा कम्मर दुखाइ कम गर्न सकिन्छ ।

– व्यायाम : कम्मरको मांसपेशीलाई मजबुत बनाउन योग, स्ट्रेचिङ र नियमित व्यायामको अभ्यास गर्नु जरुरी छ ।

– सन्तुलित आहार : स्वस्थ आहारले शरीरको हड्डीलाई मजबुत बनाउन मद्दत पुर्‍याउँछ । पर्याप्त क्याल्सियम र भिटामिन डीको सेवनले हड्डी बलियो हुन्छ ।

– धुम्रपान र मध्यपान नगर्नु : यो बानीले हड्डी कमजोर बनाउन सक्छ र दुखाइ बढाउन सक्छ ।

उपचार

– आराम र तातो/चिसो थेरापी : कम्मरमा दुखाइ हुँदा आराम गर्नु र तातो वा चिसो थेरापी गर्नु फाइदाजनक हुनसक्छ ।

– फिजियोथेरापी : फिजियोथेरापी विशेषज्ञको सल्लाहअनुसार गरिने व्यायामले कम्मर दुखाइलाई कम गर्न मद्दत पुर्‍याउँछ ।

– औषधि उपचार : चिकित्सकको सल्लाहअनुसार आवश्यक परे दुखाइ निवारक औषधि लिन सकिन्छ । तर सकेसम्म नलिनु राम्रो हुन्छ ।

– शल्यक्रिया : गम्भीर अवस्थामा शल्यक्रिया पनि आवश्यक पर्न सक्छ, तर यो अन्तिम उपायको रूपमा मात्र लिइन्छ ।

कम्मर दुखाइ डा. सम्राट पराजुली स्वास्थ्य समस्या

धेरै कमेन्ट गरिएका

डा. सम्राट पराजुली
लेखक
डा. सम्राट पराजुली
अर्थोपेडिक सर्जन

डा. पराजुली हाल बुटवलस्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजमा कार्यरत छन् । उनले हाड तथा जोर्नीरोगमा एमपीएच, एमएस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय