
२४ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिमा कार्य समिति नै निर्विरोध भएका छन् ।
सबै पदमा एकल उम्मेदवार परेकाले रमेश वाग्लेको नेतृत्वमा निर्विरोध कार्य समिति चयन भएको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा बेञ्जु सुवेदी, महिला उपाध्यक्षमा पवित्रा गुरागाइँ, महासचिवमा रामचन्द्र अर्याल (आरसी), खुला सचिवमा बरकत अलि मियाँ (राजु), समावेशी सचिवमा रमेश टमट्टा र कोषाध्यक्षमा तुलसीमाया सापकोटा निर्विरोध भएका छन् ।
यी सबै पदमा पनि एकल उम्मेदवारी परेको हो । ‘आकांक्षीहरुको संख्या पनि कम थियो, त्यसैले निर्विरोध कार्य समिति बनाउनेगरी अगाडि बढेका हौं’, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले भने ।
निर्विरोध खुला सदस्यहरुमा संगेव बस्नेत, हरिकृष्ण न्यौपाने, अनन्त चालिसे, भीमनिधि अधिकारी, राजाराम बोहरा र राजेन्द्र पोखरेल छन् । तीन महिला सदस्यमा लक्ष्मी न्यौपाने, नुनुता राई र सुशीला बस्नेत छन् ।
पत्रकार महासंघको महाधिवेशन आगामी २८ मंसिरमा हुँदैछ ।
प्रतिक्रिया 4