+
+

स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते ९:५८

२५ मंसिर, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओमा गोरख राणा नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समिति बैठकले राणालाई १ जनवरीदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो । उनी यस बैंकको पहिलो नेपाली सीईओ हुनेछन् । हाल उनी डेपुटी सीईओको भूमिकामा रहँदै आएका छन् ।

अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सीईओमा नियुक्त भएका हुन् । दस्तिदार अब बोर्डको विशेष सल्लाहकार हुनेछन् ।

३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ । उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?