+
+

रोहित र विन जफरको अर्धशतकमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २५ गते १०:३९

२५ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेल र साद विन जफरको अर्धशत मद्दतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) एनपीएलमा चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले रोहित र साद विन जफरको शतकीय साझेदारीमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।

रोहितले अन्तिम ओभरमा आउट हुनुअघि ५७ बल खेल्दै ८० रन बनाए । उनले ६ चौका र ५ छक्का प्रहार गरे । रोहित एनपीएलमा दुई अर्धशतक हान्ने पहिलो नेपाली खेलाडी र समग्रमा दोस्रो खेलाडी बने । यसअघि चितवन राइनोजका इंग्लिस खेलाडी रवि बोपाराले दुई अर्धशतक प्रहार गरेका छन् ।  यस्तै विन जफरले ३५ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ५२ रन बनाए ।

रोहित र विन जफरले पाँचौ विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । एनपीएलमा पाँचौ विकेटका लागि भएको यो पहिलो शतकीय साझेदारी हो भने समग्रमा पाँचौ शतकीय साझेदारी हो ।

लुम्बिनीका लागि अर्जुन साउदले १५ र टम मूर्सले १० रन जोडे ।

बलिङमा चितवनका रिजन ढकाले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट लिए । लुम्बिनीविरुद्ध तीन विकेट लिएपछि चितवनका रिजन ढकाल सर्वाधिक विकेट लिनेमा संयुक्त रुपमा शीर्ष स्थानमा उक्लेका छन् । उनीसँगै चितवनकै सोहेल तनविरले समान ९ विकेट लिएका छन् ।

तनविरले आज भने विकेट लिन सकेनन् । उनले ४ ओभर बलिङ गर्दा २७ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?